एसिसी यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपालले १४८ रनको लक्ष्य पाएको छ । फाइनल खेलमा उत्कृष्ट बलिङ गर्दै नेपालले युएईलाई १४७ रनमै अलआउट गरेको हो।
मलेसियामा जारी प्रतियोगितामा टस जितेर पहिले बलिङ गरेको नेपालले ४५.५ ओभरमा युएईलाई अलआउट गरेको हो।
नेपालका लागि दयानन्द मण्डलले सर्वाधिक ६ विकेट लिए। ६.५ ओभरमा उनले १७ रन मात्र दिएका थिए। खेलको सातौं ओभरभित्रै यूएईका मुख्य चार ब्याट्सम्यानलाई उनले. आउट गराएका थिए। अपराजित पौडेलले दुई र अशोक धामी र नितेज पटेलले एक–एक विकेट लिए। कप्तान अशोक धामीले १० ओभरमा नौ रन मात्र दिएक थिए।
युएईका लागि अहमद खुदाददले ७१ र नुरुउल्ला आयोबीले २६ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
दुई वर्षअघि पनि नेपालले यूएईलाई नै हराएर उपाधि जितेको थियो।