२३औँ जेसिज कप फुटबलको उपाधि केबी एकेडेमीलाई

शनिबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण

जिल्ला सदरमुकाम बेनीमा शनिबार सम्पन्न २३औँ अन्तरमावि जेसिज कप फुटबलको उपाधि केबी एकेडेमी दरबाङले हात पारेको छ। बेनीको खुला मञ्चमा भएको प्रतिस्पर्धात्मक खेलमा बेनी सामुदायिक माविलाई १– ३ गोल गर्दै केबी एकेडेमीले उपाधि चुमेको हो। 

केबी एकेडेमीले पहिलोपटक जेसिज कपको उपाधि हात पारेको हो। यसअघि १७औँ जेसिज कपमा उपविजेतामा चित्त बुझाएको केबी एकेडेमीले २३औँ संस्करणमा उपाधि जित्न सफल भएको हो। 

सेमिफाइनलमा किसानी चन्द्रा कुन्ता मा.वि.लाई शून्यका विरुद्ध एक गोल गर्दै बेनी सामुदायिक र लिटल गार्डेन एकेडेमीलाई पेनाल्टी सुटआउटमा १–४ गोल गर्दै केबी एकेडेमी फाइनल प्रवेश गरेको थियो।

१९ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा प्रथम हुन सफल केबी एकेडेमीका खेलाडीलाई रनिङ सिल्डसहित ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद ५५ हजार पाँच सय ५५ र उपविजेता बेनी सामुदायिक माविका विद्यार्थी खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ३५ हजार पाँच सय ३५ द्वारा पुरस्कृत गरिएको हो।
 

सुझावित समाचार