पान्चालको अर्धशतकमा कर्णालीले दियो विराटनगरलाई १६१ रनको लक्ष्य

शुक्रबार, १३ मंसिर, २०८२
डिजिटल संस्करण
पान्चालको अर्धशतकमा कर्णालीले दियो विराटनगरलाई १६१ रनको लक्ष्य

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा शुक्रबार भएको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई १६१ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रकेट रंगशालामा टस जितेर पहिलो ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा मात्र तीन विकेट गुमाएर १६० रनको योगफल तयार गर्याे।

कर्णालीका लागि प्रियांक पान्चालले सर्वाधिक ६३ रनको योगदान गरे। ४७ बल सामना गरेका उनले ६ चौका र दुई छक्का प्रहार गरे। विलियम बोसिस्टोले नटआउट ४८ रन बनाउँदा गुल्सन झा २० रन बनाएर आउट भएका थिए। नजिबुल्लाह जाद्रानले नटआउट १२ रन जोडे भने ओपनर मार्क वाटले ६ रन बनाए।

विराटनगरका लागि मर्चेन्ट डी लाङ र सन्दीप लामिछानेले समान एक विकेट हात पार्दा अन्य बलर विकेटविहीन रहे।
 

सुझावित समाचार