साढे ६ करोडभन्दा बढीको क्रिप्टोकरेन्सीे कारोबार गरेको अभियोगमा प्रहरीले एक २२ वर्षीय युवकलाई पक्राउ गरेको छ।
रौतहटको गरुडा नगरपालिका– ४ स्थायी घर भई काठमाडौं महानगरपालिका– १३ बस्ने विकास शाह बानियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। बिहीबार बेलुकी काठमाडौं– ११, भद्रकालीबाट पक्राउ परेका बानियाँले ६ करोड ७८ लाख ८० हजार ७२५ रुपैयाँबराबरको क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा)को कारोबार गरेको प्रहरीले जनाएको छ।
बानियाँले अनलाइन ठगीसमेत गरेको प्रहरीले जनाएको छ। उनीविरुद्ध अभौतिक मुद्राको कारोबार गर्न नहुनेसम्बन्धी कसुरमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।