क्रेस्ट माइक्रोलाइफले गर्‍यो अभिकर्तालाई सम्मान

बिहिबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

क्रेस्ट माइक्रोलाइफले उत्कृष्ट अभिकर्तालाई सम्मान गरेको छ । कम्पनीले हेटौँडामा गरेको कार्यक्रममा त्यस क्षेत्रका उत्कृष्ट अभिकर्तालाई सम्मान गरेको हो । त्यसैगरी, अभिकर्ता अभिमुखीकरणसमेत सञ्चालन गरिएको कम्पनीको भनाइ छ । कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अभिजित केसी र बजार प्रमुख दिनेश खड्काको उपस्थिति थियो ।

सो अवसरमा अभिकर्ताले व्यक्तिगत संवाद र अनुभव साझा गर्दै कार्यक्रमले ऊर्जा र उत्साह थप्ने धारणा राखेका थिए । साथै, सम्मानित अभिकर्ताले कम्पनीको भावी योजना र लक्ष्यमा योगदान दिने बताए । 

लघु बिमाको बजारीकरणमा अभिकर्ताको भूमिकाबारे केसीले आफ्नो धारणा व्यक्त गरेका थिए । बजार प्रमुख खड्काले लघु बिमाको सम्भाव्य बजार र अभिकर्ताले बनाउनुपर्ने योजनाबारे जानकारी दिएका थिए । 

सुझावित समाचार