राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले दियाे दल दर्ताकाे निवेदन

बुधबार, ३ मंसिर, २०८२
डिजिटल संस्करण

राष्ट्रिय सभाकाे ११ माघमा हुने निर्वाचनका लागि एमालेले दल दर्ताको निवेदन दिएकाे छ। 

बुधबार आयाेगको कार्यालय पुगेर एमाले नेताहरूले दल दर्ताका लागि निवेदन दिएका हुन्। एमालेले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि भने दल दर्ता निवेदन दिएकाे छैन।

दुवै निर्वाचनमा भाग लिन १० मंसिरसम्म दल दर्ताका लागि निवेदन दिने समय तोकिएको छ।

सुझावित समाचार