एनपिएल खेल्न आइपुगे निसम

मंगलबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

न्युजिल्यान्डका अलराउन्डर जिमी निसम दोस्रो एनपिएल खेल्न काठमाडौं आइपुगेका छन् । निसमले पोखरा एभेन्जर्सबाट एनपिएल खेल्नेछन् । उनी अघिल्लो सिजनमा पनि जनकपुर बोल्ट्सबाट प्रतिस्पर्धा गरेका थिए ।

गत वर्ष जनकपुरले पहिलो संस्करणको एनपिएल उपाधि जित्दा निसमको योगदान विशेष रहेको थियो । यसपटक पोखराले उनलाई टेस्ट राष्ट्रको कोटाबाट उनलाई भित्र्याएको हो । निसमले पहिलो संस्करणमा जस्तो ब्याटिङ र बलिङमा पोखरालाई उच्च योगदान दिने लक्ष्य राखेका छन् । पोखराले निसमलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । नेपाल आएपछि उनले पोखराबाट एनपिएल खेल्न उत्साहित रहेको बताए । 

‘पोखराबाट यसपटक पनि एनपिएलमा आबद्ध हुन अवसर पाएँ,’ उनले भने, ‘डे नाइटमा खेल्न म उत्साहित छु ।’ ३५ वर्षीय अलराउन्डर निसम टेस्ट राष्ट्रबाट अनुबन्ध हुने ठुला नाममध्येमा पर्छन् । उनले न्युजिल्यान्डका लागि १२ टेस्ट, ७६ एकदिवसीय र ९३ टी–२० आई खेलेका छन् । 

उनले टी–२० आईमा एक हजार १० रन तथा बलिङमा ५६ विकेट लिएका छन् । उनले आइपिएल, विगबास, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग र द हन्ड्रेड बल क्रिकेट खेलेका छन् । ३५ वर्षीय अलराउन्डर निसम टेस्ट राष्ट्रबाट अनुबन्ध हुने ठुला नाम मध्येमा पर्छन् । उनी एनपिएलमा अनुवन्ध हुने न्युजिल्यान्डका तेस्रो खेलाडी हुन् । निसमको आगमनपछि पोखरा उत्साहित बनेको छ । निसमबाट पोखराले ब्याटिङ र बलिङमा फाइदा लिनेअपेक्षा छ ।

See More On

सुझावित समाचार