नेपाल प्रिमियर लिगका लागि फ्रेन्चाइज टिम पोखरा एभेन्जर्स र एप्पल सेक्युरिटिजबिच सहकार्य सम्झौता भएको छ।
एप्पल सेक्युरिटिज ब्रोकर नम्बर १०१ पोखराको सेयर ब्रोकर पार्टनरका रूपमा आबद्ध भएको हो। हालै सोल्टीमा एक कार्यक्रमबिच पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठी र एप्पल सेक्युरिटिजका सिइओ भावना लिम्बूबिच सम्झौतामा औपचारिक हस्ताक्षर भएको हो।
यो सम्झौतालाई नेपाली क्रिकेट तथा समग्र खेलकुदको विकासतर्फ एक महत्त्वपूर्ण र ऐतिहासिक कदमका रूपमा हेरिएको छ। हस्ताक्षर कार्यक्रममा एप्पल सेक्युरिटिजकी अध्यक्ष ऋचा मिश्रको समेत उपस्थिति थियो।