एन्फा प्रेसिडेन्ट लिग : राष्ट्रिय लिग खेल्ने दसौँ टोलीको टुंगो

आइतबार, १ मंसिर, २०८२
डिजिटल संस्करण

राष्ट्रिय लिगका लागि एन्फा प्रेसिडेन्ट लिगबाट चारै टोलीको टुंगो लागेको छ । हेटौँडाको गौरीटारमा भएको एन्फा प्रेसिडेन्ट लिगबाट कास्कीको लालीगुराँस एसोसिएसन, काठमाडौंको चित्लाङ एफसी, बाराको नव जागृति युवा क्लब र सुर्खेतको काँक्रेबिहार युथ क्लबले राष्ट्रिय लिग खेल्ने पक्का गरेका हुन् । चारै टोली सेमिफाइनलमा समेत प्रवेश गरेका छन् । 

अब, यो चार टोलीले सहिद स्मारक ‘ए’ डिभिजन लिगका शीर्ष ६ क्लबसँग राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् । लिगबाट राष्ट्रिय लिगमा च्याम्पियन चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र एफसी, नेपाल पुलिस क्लब, जावलाखेल युथ, सातदोबाटो र न्युरोड टिम एनआरटी छनोट भएका छन् । यी १० टोलीबीच एन्फाले राष्ट्रिय लिग आयोजना गर्न सम्झौतासमेत गरिसकेको छ । 

प्रतियोगिताको सेमिफाइनलका दुवै खेल आइतबार हुनेछन् । सेमिफाइनलअन्तर्गत पहिलो खेलमा आइतबार समूह ‘ए’को विजेता लालीगुराँस एसोसिएसन र समूह ‘बी’को उपविजेता काँक्रेविहार तथा दोस्रो खेलमा समूह ‘ए’को उपविजेता चित्लाङ एफसी र समूह ‘बी’को विजेता बाराको नवजागृतिबिच खेल हुनेछ । २ मंसिरमा हुने फाइनल खेलको विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
 

See More On

सुझावित समाचार