निर्वाचन आयोगले मतदाता नामावलीको नाम दर्ताको समय पाँच दिन थप्ने भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले एक साता थप्न अनुरोध गर्दै गरेको पत्राचार र प्रधानमन्त्रीले फोन गरेर अनुरोध गरेकाले आयोग समय थप्ने निष्कर्षमा पुगेको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताए ।
यसअघि सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समय तोकेको थियो । म्याद थपिएसँगै ५ मंसिरसम्म मतदाता नामावली दर्ता गर्न सकिनेछ ।