भीम रावलले नेतृत्व गरेको मातृभूमि जागरण अभियान नेपाल नेपाली कम्युनिस्ट पार्टीसँग समाहित हुने भएको छ। प्रदर्शनीस्थित राष्ट्रिय सभागृहमा बुधबार दिउँसो २ बजे हुने एक कार्यक्रममा दुई पार्टीबिच एकता हुने भएको हो।
एकता कार्यक्रमलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहसंयोजक माधवकुमार नेपाल, मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावलले सम्बोधन गर्नेछन् ।