क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेकाे आरोपमा कागेश्वरी मनोहराबाट एक पक्राउ

मंगलबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका– ६ बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका– ६ घर भएकी २६ वर्षीया मनीषा अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।

क्यानडा पठाइन्छु भन्दै एकजनाबाट तीन लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कागेश्वरी मनोहरा– ६ बाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

सुझावित समाचार