उदयपुरकाे त्रियुगा नगरपालिका- ५, गेरुवा खाेलानजिक पिपलचाैरीमा गुडिरहेको ट्याक्टरबाट खसेर एकजनाकाे मृत्यु भएकाे छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दाेङका अनुसार मृत्यु हुनेमा त्रियुगा नगरपालिका- ५, पिपलचौरी बस्ने वर्ष ५८ को दमसेर राई रहेका छन् ।
पिपलचौरीबाट लालपत्तातर्फ जाँदै गरेकाे (लालपत्ता-दमौती कच्ची सडकखण्डमा) स.१त ५४३५ नम्बरको थ्रेसर मेसिन जडान गरेकाे ट्याक्टरबाट खसेर राई गम्भीर घाइते भएका थिए ।
त्यसपछि उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएकोमा सोही अस्पतालका चिकित्सकले मृत्यु भइसकेको जानकारी दिएकाे दाेङकाे भनाइ छ ।
मृतक राई ट्याक्टरकै कामदार रहेकाे र दुर्घटनामा संलग्न ट्याक्टर जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा राखी चालक घटनास्थलबाटै फरार रहेकोले खोजतलासको कार्य भइरहेको दाेङले जानकारी दिए ।