रामकुमारीले माधवलाई भनिन्– कामरेड ! आफ्नै बेइज्जती हुने कारबाही नगरेको भए पनि हुने

शुक्रबार, २१ कार्तिक, २०८२
डिजिटल संस्करण

वामपन्थी नेतृ रामकुमारी झाँक्रीले माधवकुमार नेपाललाई आफ्नै बेइज्जती हुने कारबाही नगरेको भए हुने भनेकी छिन् । शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै झाँक्रीले अब कारबाहीको के अर्थ छ ? भनेर प्रश्न गरिन् ।

विभिन्न कालखण्डमा १९ वर्ष पार्टी प्रमुख र बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने ज़िम्मेवारीमा बसेर काम गरेको मान्छले अन्तिममा गरेको घटनाले  स्वयं नेपालको इतिहासलाई फेरि बल्झाइदिएको उल्लेख गरिन् ।  बिर्सिएकाहरूले पनि सबै घटना स्मृतिमा लिने काम गरेको आरोप लगाइन् । उनले  बाँकी जीवन सुख होस् भनेर शुभकामनासमेत दिएकी छिन् ।

यस्तो छ उनको स्टाटस 

 ‘आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ? केही अर्थ छ र अब पनि कारबाहीको ? लोकले के भन्ला भन्ने पनि लागेन र ? तपाईं सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने जिम्मेवारीमा बसेर काम गर्नुभयो। यो अन्तिम घटनाले तपाईंको इतिहासलाई फेरि बल्झायो । बिर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए। 

जिन्दगीमा के लानु छ कमरेड ? समाज र देशका लागि जीवन र जवानी अर्पण गरेको व्यक्तिले। लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पसलमा पुग्दा बोल्ने दुईजना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ र ? हार्दिक धन्यवाद यो अन्तिम कर्मका लागि।  बाँकी जीवनको सुखद होस, परिवारमा शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना। तपाईं जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधैँ सम्झनेछु।’

सुझावित समाचार