झाँक्री र श्रेष्ठसहितका नेता २४ कात्तिकमा एमालेमा फर्किने

एमालेले २४ कात्तिकमा राष्ट्रिय सभागृहमा ‘घर फर्क अभियान’ कार्यक्रम राखेको छ

शुक्रबार, २१ कार्तिक, २०८२
डिजिटल संस्करण

माओवादीसँगको पार्टी एकतासँग असन्तुष्ट बनेर बाहिरिएका तत्कालीन एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ ‘किसान’सहितका नेताहरू एमालेमा फर्किने भएका छन् । उनीहरूलाई प्रवेश गराउन एमालेले २४ कात्तिकमा राष्ट्रिय सभागृहमा ‘घर फर्क अभियान’ कार्यक्रम राखेको छ ।

बिहीबार एमाले अध्यक्ष केपी ओलीलाई गुन्डुमा भेट गरेर झाँक्री र श्रेष्ठसहितका नेताहरूले आफूहरू पार्टीमा फर्किने जानकारी गराएका छन् । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले उनीहरू २४ कात्तिकमा फर्किने गरी मिति टुंगो लागेको बताए ।

उनका अनुसार त्यस दिन तत्कालीन एकीकृत समाजवादीका ५० भन्दा बढी केन्द्रीय सदस्यसहित सयौँको संख्यामा नेता–कार्यकर्तालाई पार्टीमा फर्काइँदै छ । ओलीसँगको भेटमा एकीकृत समाजवादीका नेताहरू पीताम्बर तिम्सिना, अर्जुन राई, नवराज पौडेललगायत सहभागी थिए ।  
 

सुझावित समाचार