संसद् पुनर्स्थापनाका लागि एमालेले थाल्यो हस्ताक्षर संकलन

शुक्रबार, २१ कार्तिक, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि एमालेले निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन सुरु गरेको छ । जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भई २१ फागुनका लागि निर्वाचन घोषणा भएका वेला एमालेले संसद् पुनर्स्थापना नै निकास भन्दै पार्टी सचिवालयबाट औपचारिक निर्णय गरेको छ । यसैक्रममा उसले निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन थालेको हो । 

निवर्तमान सांसद हेमराज राईले हस्ताक्षर संकलन भइरहेको जानकारी दिए । ‘मैले दलको कार्यालयमा गएर साइन गरेको हुँ । साथीहरू पनि आइरहेका थिए । ठ्याक्कै कतिले गरे भन्ने थाहा भएन,’ उनले भने, ‘धेरै साथीहरू जिल्लामा हुनुहुन्छ, काठमाडौंमा उपलब्ध भएकाहरू जम्मा भएका थियौँ ।’ निवर्तमान सांसद मेनका पोखरेलले पनि आफूले दस्तखत गरेको बताइन् । ‘मैले दस्तखत गरेको हो । त्यो पार्टीको आन्तरिक प्रयोजनका लागि हो । अन्य कुरा थाहा छैन,’ उनले भनिन् । रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठले पनि हस्ताक्षर गरेका छन् । एमाले संसदीय दलका अधिकारीले बिहीबार १५ भन्दा बढी हस्ताक्षर संकलन भएको बताएका छन् । 

विघटित प्रतिनिधिसभामा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्ताैलाले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले कसरी उपचार खोज्ने भनेर दलहरू छलफलमा रहेको बताए । ‘असंवैधानिक कदमविरुद्ध कसरी जाने भनेर एमालेले कांग्रेस, माओवादीलगायत अन्य दलसँग पनि छलफल गरिरहेको छ । 

See More On

सुझावित समाचार