सरकार अपराध र आन्दोलनलाई छुट्याउन असफल छ : शंकर पोखरेल

सोमबार, १७ कार्तिक, २०८२
डिजिटल संस्करण
सरकार अपराध र आन्दोलनलाई छुट्याउन असफल छ : शंकर पोखरेल

फाइल तस्बिर

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार अपराध र आन्दोलनलाई छुट्याउन पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन्।

सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले यस्तो बताएका हुन्। राज्यको प्रतिष्ठाका केन्द्रहरूमा तोडफोड, आजगनी र लुटपाट गर्नेहरूलाई राष्ट्रका अपराधी भन्दै उनले यस्ता कार्यको योजना बनाउनेहरूलाई कारबाही गर्नुपर्ने बताए।

‘जसले त्यो काममा युवाहरूलाई सुनियोजित ढंगले परिचालित गर्ने योजना बनाए तिनीहरूको पहिचान गरेर कारबाही गर्नुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता छ। तर, अहिलेको सरकार अपराध र आन्दोलनलाई छुट्याउने कुरामा पूर्णतः असफल छ,’ उनले भने।

सुझावित समाचार