विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णयलाई सर्वोच्च अदालतले तत्कालका लागि रोक लगाएको छ। राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयनमा अन्तरिम आदेश जारी गरेपछि सरकारको निर्णय तत्कालका लागि स्थगित भएको हो।
सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले राजदूत फिर्ता गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्नू भनेको छ।
गत ३० असोजमा सरकारले स्पेन, जर्मन, कतार, रुस, बेलायत, अमेरिका, साउदी अरब, जापान, इजरायल, चीनको राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो।