राष्ट्रिय स्वतन्त्र पार्टीले बृहत् राजनीतिक छलफलका लागि आह्वान गरेको छ । शुक्रबार बालुवाटारमा हुने खुला छलफलका लागि रास्वपाले सम्पूर्णमा आह्वान गरेको हो । जेन–जी पुस्ताले सुशासनको पक्षमा गरेको हस्तक्षेपछि प्राप्त उपलब्धिको दिगो संरक्षणका लागि समान सोच र शैली भएका राजनीतिक दल, व्यक्ति र समूहबिच एकताको गृहकार्य गर्ने उद्देश्यले रास्वपाले छलफल अगाडि बढाएको जनाइएको छ ।
जनताले आशा राखेका नयाँ राजनीतिक शक्ति, स्वतन्त्र विचारक, अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरूबिच सार्थक सहकार्य नहुँदा देश पश्चगमनतिर धकेलिने सम्भावनालाई मध्यनजर गर्दै खुला बृहत् राजनीतिक संवाद सुरु गरेको रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले जनाएका छन् ।
