बुढानीलकण्ठ नगरपालिकाका मेयरको घरमा तोडफोड गर्ने पक्राउ

बिहिबार, १३ कार्तिक, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनको क्रममा गत २४ भदौमा बुढानीलकण्ठका मेयर मिठाराम अधिकारीको घरमा तोडफोड गर्ने युवक पक्राउ परेका छन्। धुम्बाराही घर भई बुढानीलकण्ठ–१०, शिवमन्दिर बस्ने २२ वर्षीय प्रशान्त महतारा बिहीबार पक्राउ परेका हुन्। 

प्रहरी प्रभाग कपनले उनलाई शिवमन्दिरबाट पक्राउ गरी थप अनुसन्धानका लागि बौद्ध वृत्तमा बुझाएको छ। घरमा तोडफोड तथा आगजनी गरेको भिडियोका आधारमा पहिचान गरी प्रहरीले पक्राउ गरेको हो। 

आन्दोलनको आडमा नेता तथा व्यवसायीको घरमा आगजनी, तोडफोड र लुटपाट गर्नेलाई प्रहरीले केही दिनयता धमाधम पक्राउ गरिरहेको छ। 

सुझावित समाचार