बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भिड

बिहिबार, ७ कार्तिक, २०८२
डिजिटल संस्करण

काठमाडौँको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भिड रहेको छ । 

यमपञ्चकको अन्तिम दिन अर्थात् तिहारको मुख्य दिन आज दिदीबहिनी नहुनेका लागि एक दिन सो मन्दिर टीकाका लागि खुला गर्ने गरिएको छ । 

टीकाको साइत ११ बजेर ३९ मिनेटअघि नै बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउनेको भिड लागेको छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरूले भाइटीकाका दिन यसै मन्दिरमा गएर पूजा, दर्शन गरी टीका लगाउने गरिन्छ ।

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु गरिएकाले कामविशेषले काठमाडौँमा बसेका र आफ्नो दिदीबहिनी नभएकाहरूले टीका लगाउन आउने गरेका छन् । यस दिन विदेशी नागरिकले समेत भाइटीका लगाउने गरेका छन् ।
 

सुझावित समाचार