राजनीतिक दलसँग संवाद नगरी चुनावको बाटो तयार हुँदैन : रामहरि खतिवडा

मंगलबार, २८ असोज, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले आफ्नो पार्टी चुनावबाट पछि नहट्ने प्रस्ट पारेका छन् ।

मंगलबार केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगेका खतिवडाले सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यस्तो बताएका हुन् ।

तर, वर्तमान सरकार चुनाव गराउनका लागि राजनीतिक दलहरूसँग संवादमा नरहेको बताउँदै उनले चिन्ता व्यक्त गरे ।

‘चुनाव गराउन सरकार लाग्यो भने त्यसबाट कांग्रेस पछाडि जाँदैन । तर, यो देशमा राजनीतिक दल छन् भन्ने कुरा सरकारले बिर्सेजस्तो देखिन्छ,’ खतिवडाले भने, ‘हामी अनुरोध गर्न चाहन्छौँ, राजनीतिक दलसँग संवाद नगरी चुनावको बाटो तयार हुँदैन ।’

सुझावित समाचार