सरकारको वैधतादेखि संसद् विघटनविरुद्ध सर्वाेच्चमा रिट

मंगलबार, २८ असोज, २०८२
डिजिटल संस्करण

सर्वाेच्च अदाललते एक महिना पाँच दिनपछि रिट तथा निवेदन दर्ताको सेवा मंगलबारदेखि सुरु भएको छ । पहिलो दिनमै महत्त्वपूर्ण विषयमा रिट परेका छन्। 

वर्तमान सरकारको वैधतादेखि संसद् विघटनको विषयमा रिट परेका हुन्। ती रिटहरू अध्ययनको क्रममा रहेको सर्वाेच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालले बताए । ‘५६ वटा रिट आइसकेका छन्, त्यसमा अध्ययन भइरहेको छ,’ कोइरालाले बताए। 

सुशीला कार्कीको हालको सरकार असंवैधानिक दाबी गर्दै रिट पेस गरिएको छ। संसद् विघटनविरुद्ध राजनीतिक दलदेखि धेरैले रिट दर्ताको तयारी गरेका छन्। 

२४ भदौको जेन–जी आन्दोलनमा सर्वाेच्चको भवन जल्नुका साथै सर्भरमा समेत ठुलो क्षति भएपछि एक महिनापछि आंशिक सेवा सुरु भएको हो।  

सुझावित समाचार