नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । भक्तपुरस्थित गुन्डुमा एमालेको केन्द्रीय सचिवालयको बैठक केहीबेर अगाडि सुरु भएको हो ।
रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी ओली अस्वस्थ भएपछि शनिबारको बैठक स्थगित भएको थियो । केन्द्रीय कमिटीको एजेन्डा तय गर्न ओलीको निवास गुन्डुमा शुक्रबारदेखि सचिवालय बैठक सुरु भएको हो ।
बैठकको पहिलो दिन नाैजना पदाधिकारीले आफ्नो धारणा राखेका थिए । त्यसमध्ये ६ जनाले ओलीलाई नेतृत्व छोड्न आग्रह गरेका छन् ।
आजको बैठकमा शुक्रबार बोल्न बाँकी रहेका पदाधिकारीहरूले आ-आफ्नो धारणा राख्नेछन् ।