श्रीलंकामा दैनिक ९३८ मेट्रिकटन प्लास्टिकजन्य फोहोर उत्पादन

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण

प्लास्टिकजन्य फोहोर विश्वव्यापी रूपमा बढ्दो समस्या हो । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमका अनुसार पृथ्वीमा  हामीले बिताएको प्रत्येक मिनेटमा एक ट्रक प्लास्टिक फोहोर समुद्रमा प्रवेश गर्छ ।

हालैका अध्ययनहरूले श्रीलंकाले हरेक दिन लगभग ९३८ मेट्रिकटन  प्लास्टिक फोहोर उत्पादन गर्ने देखाएको छ । उत्पादित फोहरमध्ये चार प्रतिशत मात्रै पुन: प्रयोगमा ल्याउन मिल्ने खालको हुने गरेको छ । देशको वातावरण, प्राकृतिक स्रोत तथा दिगो विकाससम्बन्धी क्षेत्रीय अनुगमन समितिका अनुसार उत्पादित फोहोरमध्ये ३२ प्रतिशत मात्रै फोहोर संकलन हुने गरेको छ । 

सो समितिले वातावरणीय अधिकारीहरूलाई प्लास्टिक संकलनका लागि दिइने प्रोत्साहन कार्यक्रम बढाउन निर्देशनसमेत दिएको छ । श्रीलंकाले वार्षिक चार लाख मेट्रिकटन प्लास्टिक कच्चा पदार्थ र २० हजार मेट्रिकटन फोहोरजन्य प्लास्टिक आयात गर्ने गरेको त्यहाँको  सञ्चार विभागले जनाएको छ ।

श्रीलंकामा पछिल्लो समय प्लास्टिकजन्य फोहोर गम्भीर समस्याको रूपमा देखापरेको छ । समस्या विकराल बन्दै गएपछि सरकारले पुन: प्रयोगमा ल्याउन नमिल्ने खालका प्लास्टिकको जथाभावी प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
 

See More On

सुझावित समाचार