अलराउन्ड प्रदर्शन गरेका गुल्सन झा बने प्लेयर अफ द म्याच

शुक्रबार, २४ असोज, २०८२
डिजिटल संस्करण

विश्वकप छनोटअन्तर्गत जापानविरुद्धको शुक्रबारको खेलमा अलराउन्ड प्रदर्शन गरेर जित दिलाएका गुल्झन झा प्लेयर अफ द म्याच बनेका छन्। उनले ब्याटिङ र बलिङ दुवैतर्फ महत्त्वपूर्ण योगदान दिएका थिए। 

बलिङतर्फ चार ओभरमा गुल्सनले दुई विकेट लिएर २० रन लिएका थिए भने ब्याटिङतर्फ २८ रनको अविजित पारी खेले । 

प्रतिस्पर्धात्मक खेलमा नेपालले जापानलाई पाँच विकेटले हराएको हो । यो जितसँगै नेपाल समूह विजेता हुँदै दुई अंकसहित सुपर सिक्समा पुगेको छ । 
नेपालले अब सुपर सिक्समा पहिलो खेल आइतबार युएईविरुद्ध खेल्नेछ। 

सुझावित समाचार