काठमाडौंमा र्‍याली, सभा र प्रदर्शन गर्न प्रशासनकाे राेक, माेटरसाइकल र्‍याली गर्न युवा संघले पाएन अनुमति

शुक्रबार, २४ असोज, २०८२
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमालेसम्बद्ध युवा संघलाई मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको छ । युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍याली आयोजना गर्ने घोषणा गरेको थियो । तर, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कुनै पनि समूह वा संगठनलाई र्‍याली, जुलुस र सभाजस्ता कार्यक्रम गर्न अनुमति नदिइएको जनाएका छन् ।

युवा संघ अध्यक्ष क्षितिज थेबेले असोज २५ गते तीनकुनेबाट मोटरसाइकल र्‍याली निकाल्ने सूचना जारी गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने युवा संघको नाम उल्लेख नगरी जारी गरेको सूचनामा विभिन्न समूहहरूबाट हुने भनिएका र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिहरूले सुरक्षा चुनौती बढाउन सक्ने र आमनागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुने उल्लेख छ ।

सुझावित समाचार