काठमाडौं उपत्यकाकाे दक्षिणी क्षेत्रमा ठुलाे वर्षा

शनिबार, १८ असोज, २०८२
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा उत्तरभन्दा दक्षिणी क्षेत्रमा ठुलाे पानी परेकाे छ।

जल तथा माैसम विज्ञान विभागका वर्षा मापन केन्द्रका तथ्यांक हेर्दा काठमाडौं जिल्लाका उत्तरी क्षेत्रमा मध्यम वर्षा भएकाे छ भने ललितपुरकाे उत्तरी क्षेत्रमा ठुलाे वर्षा मापन भएकाे छ। गत वर्ष मध्यअसाेजकाे भीषण वर्षाताका पनि उपत्यकाका दक्षिणी क्षेत्रमा रेकर्ड ब्रेक पानी परेकाे थियाे।

विभागका अनुसार पछिल्लो २४ घण्टा (राति सवा ९ बजेसम्म) उपत्यकामा सबैभन्दा धेरै वर्षा ललितपुरकाे लेलेमा १५५ मिलिमिटर वर्षा रेकर्ड भएकाे छ। त्यस्तै, ललितपुरकै गाेदावरीमा १५१, काठमाडौंकाे नैकापमा  १३८, ललितपुरकाे खुमलटारमा ११९ र टीकाथलीमा १०७ मिलिमिटर वर्षा रेकर्ड भएकाे छ। त्यस्तै नगरकाेट (भक्तपुर क्षेत्र) मा ११५.६, थलीमा ९४ र साँखुमा ६८ मिलिमिटर पानी परेकाे छ। सुन्दरीजलमा ११७, कपनमा ९४, पानीपाेखरीमा ९८ मिलिमिटर वर्षा मापन भएकाे छ।
 

सुझावित समाचार