उदयपुरमा खोलामा डुबेर एकजना बालिकाको मृत्यु

शनिबार, १८ असोज, २०८२
डिजिटल संस्करण

उदयपुरमा खोलामा डुबेर एकजना बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज शनिबार रौतामाई गाउँपालिका– ३, पाकाना सैलेनी घर भई त्रियुगा नगरपालिका– ५, दमौती बस्ने उजन राईकी तीन छोरी वर्षीया रेबिका राईकाे घरनजिकै रहेको अम्बिका खोलामा खेल्ने क्रममा डुबेर मृत्यु भएको हाे ।

स्थानीयले जानकारी गराउन साथ उक्त स्थानमा प्रहरी टोली खटिई गई आवश्यक कानूनी प्रक्रिया पूरा गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले जानकारी दिए ।
 

सुझावित समाचार