हाल विशेष गरी मधेश प्रदेश र बागमती प्रदेशका अधिकांश स्थानहरूमा तथा कोशी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
वर्षा गराउने प्रणाली पूर्व–उत्तर पूर्व दिशातर्फ सरिरहेको र ती क्षेत्रहरूमा थप वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउनु हुन र पछिल्लो मौसमी सूचनाको जानकारी लिन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
अब केही घण्टा विशेष गरी कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश बढी प्रभावित हुने बताइएको छ।