राजमार्गका धेरै ठाउँमा पहिरो खसेकाले नागढुंगाबाट तल यात्रा नगर्न ट्राफिक प्रहरीले सवारीचालकलाई आग्रह गरेको छ। भारी वर्षा र पहिरोको जोखिमलाई मध्यनजर गरेर प्रहरीले माइकिङ गरेको हो। प्रहरीले उपत्यकाबाट बाहिरिन लागेका सवारीलाई नागढुंगामा रोकेको छ।
पानीको अवस्था हेरेर र राजमार्ग पूर्ण रूपमा नखोलेसम्म यात्रा नगर्न पनि प्रहरीको सुझाव छ।