प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमी टीकाको दिन जेन-जी आन्दोलनमा मृत्यु भएका सहिद परिवारलाई भेटेकी छिन् ।
प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौंको वनस्थली बस्दै आएका मृतक सौरनकिशोर श्रेष्ठको परिवारलाई भेटेकी हुन् । यसका साथै उनले नागार्जुन- ३ मा मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेट्ने सचिवालयले जनाएको छ।
प्रधानमन्त्री कार्कीले यसअघि नै जेन-जी आन्दोलनमा मृतक भएकाहरूको सम्झनामा दसैँमा टीका नलगाउने बताइसकेकी छिन्।