महोत्तरीस्थित शक्तिपीठहरूमा आज अष्टमीको दिन भिडभाड देखिएको छ।
श्रद्धालुहरू सोनामाई, पञ्चधुरा, जलेश्वरनाथ महादेव मन्दिर प्रांगणमा रहेको त्रिशूली माता, संसारी माता र राजदेवी माता तथा विभिन्न पण्डालमा प्राण प्रतिष्ठित दुर्गा माताको दर्शन गर्न तथा खोइछ भर्न बिहानैदेखि यी शक्तिपीठहरूमा पुगेका हुन्।

विवाहित महिलाहरूले दसैँको अष्टमी र नवमीको दिन खोइछ भर्ने गरेकाले शक्तिपीठहरूमा भिड बढेको हो।
2025-09-30-12-19-47.jpeg)