उदयपुरको उदयपुरगढीमा खोला तर्ने क्रममा बगाएर एकजनाको मृत्यु

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण

उदयपुरगढी गाउँपालिका– ६, धपरका ४० वर्षीय तोपबहादुर सार्कीको खोलाले बगाएर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार हिजो आइतबार साँझ नेपालटार बजारबाट घर फर्कँदै गर्दा बैजनाथ खोला तर्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको हो । 

मृतक सार्कीको शव खोलाले करिब पाँच सय मिटर तलसम्म बगाएको अवस्थामा फेला परेको थियो । घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेको छ ।

सार्कीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

See More On

सुझावित समाचार