प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। आजको बैठकमा महत्त्वपूर्ण एजेन्डाहरू छन्।
२३ र २४ भदौमा भएको घटनाको छानबिन गर्न जाँचबुझ आयोगको पदाधिकारी छान्ने, प्रधानमन्त्री कार्यालयमातहतका केही विभागहरू अन्यत्र लैजानेदेखि सुरक्षा निकायमा सरुवा बढुवासम्बन्धी प्रस्तावमा छलफल हुँदै छ। त्यस्तै, शासकीय सुधारको विषयमा पनि केही निर्णयहरू हुने सम्भावना रहेको प्रधानमन्त्री कार्यालय स्रोत बताउँछ।