९१ लाखसहित ललितपुरबाट सिन्धुलीका युवक पक्राउ

मंगलबार, १० भदौ, २०८२
डिजिटल संस्करण

ललितपुर महानगरपालिका– ४, भनिमण्डल शान्तिकुना मार्ग डेरा गरी बस्ने सिन्धुली घर भएका २६ वर्षीय गौरव स्याङ्तानलाई स्रोत नखुलेको नगद ९१ लाख ५० हजार रुपैयाँसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त नगद फेला पारी पक्राउ गरेको हो । सो रकम अवैध कारोबारको भएको प्रहरी आशंका छ । जसको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

सुझावित समाचार