उदयपुरमा वायरिङ सर्ट भएर टिपरमा आगलागी हुँदा १९ लाखको क्षति

आइतबार, ८ भदौ, २०८२
डिजिटल संस्करण

उदयपुरमा उदयपुरमा वायरिङ सर्ट भएर टिपरमा आगलागी हुँदा १९ लाखको क्षति भएकाे छ । 

सिद्धिचरण लाेकमागर्गमा पर्ने कटारी नगरपालिका- १, चुरिया खण्डमा गएकाे शनिबार राति गिट्टी बाेककाे टिपरमा वायरिङ सर्ट भएर आगलागी हुँदा १९ लाखकाे क्षति भएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दाेङले जानकारी दिए ।

उनका अनुसार  सिन्धुलीकाे दुधौलीबाट सिराहाकाे मिर्चैयातर्फ जाँदै गरेको ना.८ख ५९४१ नम्बरको गिट्टी बोकेको टिपरको वायरिङ तार सर्ट भई अगाडि क्याबिनको भागमा अचानक आगलागी हुँदा १९ लाखबराबरको क्षति क्षति भएको हो ।

उक्त आगलागीबाट मानवीय क्षति नभएको तथा प्रहरी र दमकलको सहयोगमा आगाे नियन्त्रणमा लिइएकाे दाेङकाे भनाइ छ। 
 

See More On

सुझावित समाचार