रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा

बुधबार, २९ साउन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् ।

मंगलबार प्रतिनिधिसभाको रोस्टमबाट राजीनामाको घोषणा गरेका खतिवडाले बुधबार सभामुखलाई राजीनामापत्र नै बुझाएका हुन् ।

‘मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरेबमोजिम आजैबाट लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको व्यहोरा अनुरोध गर्दछु’ खतिवडाले पत्रमा लेखेका छन् ।

सुझावित समाचार