रविलाई जेल स्थानान्तरण गर्न रोकिएकोप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

सोमबार, २६ साउन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्थानान्तरण गर्न रोकिएको सम्बन्धमा गम्भीर चासो व्यक्त गरेको छ ।

आज भैरहवा कारागारमा पुगेर रविलाई भेटेपछि आयोगकी सदस्य लिली थापाले यो गम्भीर विषय भएको बताइन् ।

उनले भनिन्, ‘उहाँले कारागार सरुवाका लागि निवेदन दिएर अदालतले पनि अनुमति दिइसकेको रहेछ । तर, के कारणले हो अहिलेसम्म सरुवा गरिएको छैन । यो गम्भीर विषय हो ।’

थापाले यस विषयमा काठमाडौँ गएर कारागार व्यवस्थापन विभागसँग छलफल गर्ने पनि जानकारी दिइन् ।

सुझावित समाचार