अविरल वर्षापछि खसेको पहिरोका कारण राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ । दाङ–सल्यानको सिमानानजिकै पहिरोले आज बिहानैदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको कपुरकोट प्रहरी चौकीका प्रमुख टंकेश्वर भट्टराई जानकारी दिए।
लगातारको वर्षाका कारण कपुरकोट गाउँपालिका– ३ स्थित सडकखण्डमा पहिरोले सवारी आवागमन रोकिएकाे हाे। सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए। यात्रीलाई वैकल्पिक मार्ग वा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।