भाइको हत्या गर्ने दाजु पक्राउ

शनिबार, १७ साउन, २०८२
डिजिटल संस्करण

भाइको हत्या गर्ने दाजुलाई  ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।आठराई त्रिवेणी गाउँपालिका–४, आहालेका २२ वर्षीय मनकुमार विश्वकर्मालाई आफ्नै भाइको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। 

१६ साउन  साँझ ६ बजे दाजुभाइबिच सामान्य वादविवाद हुँदा दाजु मनकुमारले आफ्नै भाइ २० वर्षीय रोशनलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए। खुकुरी प्रहारबाट भाइ रोशनको घटनास्थलमै तत्काल मृत्यु भएको थियो । 

घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले दाजु मनकुमारलाई खुकुरीसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ताप्लेजुङ प्रहरीलाई उद्धृत गर्दै कोशी प्रदेश प्रहरी विराटनगरले जनाएको छ।   
 

सुझावित समाचार