नवलपुरको गैँडाकोट नगरपालिका– ११, हर्कपुरमा रहेको बगैँचा एडभेन्चर रिसोर्टमा आज भीषण आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार होटेलमा ठुलो आगलागी भएको छ ।
आगलागीपछि घटनास्थलमा भरतपुर महानगरपालिका र कावासोती नगरपालिकाबाट गएका दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
आगलागीको कारण र क्षतिको विवरण यकिन भइसकेको छैन। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान १० बजेबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।