रुपन्देही ३ को उपनिर्वाचनमा किरण विकको उम्मेदवारी

शुक्रबार, ९ साउन, २०८२
डिजिटल संस्करण

भैरहवालाई क्रिप्टो भ्याली बनाउने एजेन्डासहित किरण विकले रुपन्देही ३ को उपनिर्वाचनमा निर्दलीय उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार उम्मेदवारी घोषणा गर्दै उनले विगत ११ वर्षदेखि राजनीति, फिल्म मेकिङ र लेखनमार्फत आफू  रुपन्देही र काठमाडौंमा सक्रीय रहेको बताएका छन् । 

उनले आफ्नो उम्मेदवारी पुरानालाई लखेट्न मात्र नभई नयाँहरूलाई सुधार्न भएको उल्लेख गरेका छन्। देशमा नयाँ नेता र नयाँ पार्टी आउँदा  कस्मेटिक परिवर्तनहरू भएजस्तो देखिए पनि नागरिकका खास सवालहरूमा सेन्सिबल नदेखिएको उनको भनाइ छ। नयाँमा समग्र दीर्घकालीन राजनीतिक एजेन्डा नभएको उल्लेख गरे । उनले आफू नयाँसँगै भएको र आफूसँग नयाँ राजनीतिक एजेन्डा रहेको बताए। 

सुझावित समाचार