सांसदलाई प्रधानमन्त्रीको प्रतिप्रश्न– रेल्वे बेलुका घोषणा गरेर रातभरिमा तयार हुने हो र ?

बुधबार, ७ साउन, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले विकास निर्माणको आफ्नै प्रक्रिया हुने भन्दै रेल्वे आजको भोलि तयार नहुने बताएका छन्।

बुधबार एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले कुश्मामा रेल्वे स्टेसन बनाउने प्रधानमन्त्री ओलीले घोषणा गरे पनि बजेट वक्तव्यमा नसमेटिएको भन्दै प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्रीले रेल्वे भनेको स्वस्थानी व्रतकथाका शिवजीले पार्वतीलाई देखाएको महलजस्तो नभएको प्रतिक्रिया दिए।

प्रधानमन्त्रीले भने, ‘माननीयज्यूले कुश्माका रेल्वे स्टेसन भनेर व्यंग्य गर्न खोज्नुभएको बुझिन्छ। हिजो बेलुकी बनाउने भनेको रेल्वे बिहानसम्म तयार भएन भनेजस्तो । रेल भनेको बेलुका भनेर रातभरिमा तयार हुने हो र ? यो स्वस्थानी व्रतकथाको शिवजीले यसो पार्वतीलाई पल्लापटि देखाएको महल हो र ?’

सुझावित समाचार