मधेश प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

बुधबार, ३२ असार, २०८२
डिजिटल संस्करण

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि प्रस्तुत भएका दुई विधेयक प्रमाणीकरण गरेकी छिन्। 

नेपालको संविधानको धारा २०१ को उपधारा २ अनुसार उनले  ‘मधेश प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘आर्थिक वर्ष ०८२/८३ का लागि मधेश प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्चसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेकी हुन् । 

सुझावित समाचार