मन्त्री गुप्तालाई बर्खास्त गर्न एमाले सांसदको पनि माग

‘दुनियाले सुनेको अडियो सरकारले नसुनेझैं गर्नु लोकतन्त्रको अपमान’

सोमबार, ३० असार, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका सांसदले पनि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्न माग गरेका छन्।

बिचौलियासँग ७८ लाखको घुस ‘डिल’ गरेको अडियो सार्वजनिक भएको उल्लेख गर्दै एमाले सांसद किरणकुमार साहले गुप्तालाई बर्खास्त गर्न माग गरेका हुन्। गुप्ता एमालेबाटै मन्त्री बनेका हुन्।

घुस डिल गरेको अडियो दुनियाँले सुनिसक्दा सरकारले बेवास्ता गरेको बताउँदै साहले भने, ‘दुनियाँले सुनेको अडियो सरकारले नसुनेझैँ गर्नु लोकतन्त्रको अपमान हो। म यो सदनमार्फत माग गर्दछु– गुप्ताज्यूलाई बर्खास्त गरियोस् र निष्पक्ष छानबिन होस्।’

सुझावित समाचार