रामकोटमा भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु

शुक्रबार, २७ असार, २०८२
डिजिटल संस्करण

काठमाडौंको रामकोटमा शुक्रबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु भएको छ ।

नागार्जुन नगरपालिका– ७ रामकोट रत्नराज्य स्कुलनजिक बा.प्र ०१–०२६ च २६०५ नम्बरको डिआई गाडीले   बा.६५प ६१६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालक ३५ वर्षीय कृष्ण थापा गम्भीर घाइते भएकोमा उपचारको क्रममा उनको बेलुका साढे ८ बजे बी एन्ड बी अस्पतालमा मृत्यु भएको हो । सुरुमा प्रहरीले उनलाई उद्धार गरी स्वयम्भुको मनमोहन अस्पताल लगेकोमा त्यहाँ उपचार हुन नसकेपछि बिएण्डबी लगिएको थियो।दुर्घटना दिउँसो ३ः२० मा भएको थियो । 

गाडीचालक हिरालाल सुनारलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको एसपी अपिलराज बोहराले बताए। 

सुझावित समाचार