भिरबाट लडेर घाइते भएका सशस्त्र प्रहरीका हवल्दारको हेलिकोप्टरबाट उद्धार

बुधबार, २५ असार, २०८२
डिजिटल संस्करण

रसुवागढीको बाढीमा बेपत्ता भएकाहरूको उद्धारमा खटिएका सशस्त्र प्रहरीका एक कर्मचारी भिरबाट लडेर घाइते भएका छन् । उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । 

नं.२० गुल्मबाट  रसुवाको गोसाइँकुण्ड गाउँपालिका–३, लिङलिङमा उद्धारका लागि खटिएका सशस्त्र प्रहरी सहायक हवल्दार विशाल थापा भिरको बाटो हिँड्ने क्रममा अचानक १० मिटर तल खोँचमा खसेका थिए। टाउको र घुँडामा चोट लागी घाइते भएका उनको नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याई सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा उपचार भइरहेको  सशस्त्र प्रहरीले जनाएको छ । 
 

सुझावित समाचार