माधव नेपालको मुद्दामा बिशेष अदालतको आदेश–हदबन्दीको जग्गा प्रयोजनमा उपयोग नै नगरी बिक्रि गरेको देखियो

बुधबार, ११ असार, २०८२
डिजिटल संस्करण

पतञ्जली योगपीठको हदबन्दी छुटको जग्गा बिक्रि गर्न दिएकोसम्बन्धि भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री ३५ लाख रुपैयाँ धरौटीमा छुटेका छन्। नेता नेपालको बयान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मागदाबी, अन्य व्यक्तिको बयान र प्रमाणलाई आधार बनाएर बिशेष अदालतले उनीसँग ३५ लाख रुपैयाँ धरौटी माग गरेको हो । 

उनको मन्त्रिपरिषद्ले गरेको निर्णय बिशुद्ध नीतिगत निर्णयको परिथिमा हो वा होइन भन्ने प्रश्नको विषयमा मुद्दाको अन्तिम निर्णय हुँदा निरुपण हुने भएकाले हालका लागि धरौटी माग्ने आदेशमा उल्लेख छ । बिशेषका न्यायाधीशहरू न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बुधबार बेलुका साढे ९ बजे थुनछेक आदेश सुनाएको हो। आदेशमा हदबन्दीको जग्गा प्रयोजनअनुरुप उपयोग नै नगरी जग्गा बिक्रि वितरण गरेको देखियो हदबन्दीको जग्गा प्रयोजनअनुरुप उपयोग नै नगरी जग्गा बिक्रि वितरण गरेको देखिएको उल्लेख छ । तत्कालिन मन्त्री मिनेन्द्र रिजाल तथा सचिव त्रिलोचन उप्रेतीको बयानलाई समेत नेता नेपालसँग धरौटी माग्ने आधार बनाइएको छ। 

यस्तो छ थुनछेक आदेशः 

सुझावित समाचार