अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया र महासचिवमा दीपक धामी विजयी

प्रतिस्पर्धी प्रकाश पौडेललाई सात मतान्तरले पराजित गर्दै कडरिया अध्यक्षमा निर्वाचित

शुक्रबार, ३० जेठ, २०८२
डिजिटल संस्करण

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् । बिहीबार मध्यराति सम्पन्न मतगणनामा प्रतिस्पर्धी प्रकाश पौडेललाई सात मतान्तरले पराजित गर्दै कडरिया अध्यक्षमा निर्वाचित भएका हुन् । कडरियाले ७३२ मत पाउँदा पौडेलले ७२५ मत ल्याएका थिए ।

उपाध्यक्षमा विकास श्रेष्ठ र महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी निर्वाचित भएका छन् । महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी निर्वाचित भएका छन् । १५५१ मतदाता रहेको अखिलमा १४५० मत खसेको थियो । यसपालि अनेरास्ववियुले नेतृत्वका लागि ३२ वर्षीय उमेरहद कायम गरेको थियो ।

सुझावित समाचार